Sunday, April 5, 2015

Nepali Model Set 1

१. समूह ‘क’ मा दिइएका शब्दहरूको अर्थ समूह ‘ख’ बाट पहिचान गरी उत्तरपुस्तिकामा लेख्नुहोस् : [४]
समूह ‘क’                समूह ‘ख’
खरीगाठे                   पछुतो
हिमायती             आत्मा भएको
आत्मग्लानि           असभ्य
धैर्यधारण             सुन्दर फूल
ठाडो                    पर्खन सक्ने
अभिवादन             नमस्कार
मधुसुमन                महामूर्ख
मार्गदर्शक            पक्ष र विपक्ष
.                   अपमान गरेर भनिने शब्द
.                           बाटो देखाउने
.                               पक्षपाती
२. कोष्ठकबाट मिल्ने शब्द छानी खाली ठाउ“ भर्नुहोस् : [३]
क. ……… अनेकार्थी शब्द हो । (सिट्ठी, बाजा, कानुन)
ख. ……… श्रुतिसमभिन्नार्थक शब्द हो । (बाग–बाघ, रात–विरात, दया–माया)
ग. ……… अनेकार्थी शब्द होइन । (कब्जा, कोठी, घान)
घ. ‘जननी’ शब्दको पर्यायवाची ……… हो । (जानकी, माता, रजनी)
ङ. पाठशालाको अर्थ ……… हो । (पाकशाला, विद्यालय, बधशाला)
च. ……… विपरीतार्थक शब्द हुन् । (सार–पार, बिहान–बेलुका, सुझ–बुझ)
३. अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस् : [५]
लहलह, अध्यादेश, आलु खानु, कालो अक्षर भै“सी बराबर, खै ।
४. क. तल दिइएका वाक्यहरूलाई शुद्घ पारी सार्नुहोस् : [३]
आमाले त मलाई यता हींड्न लागेको बेलामा म बुढीलाई नबिर्सिकन चा“डै फर्किनु है बाबु भन्नुभएको थियो
ख. तल दिइएका शब्द समूहबाट सही शब्द छानी लेख्नुहोस् : [२]
अ. ष्। पङ्ति ष्ष्। पंक्ति ष्ष्। पङ्क्ती ष्ख। पङ्क्ति
आ. ष्। उपरोक्त ष्ष्। उपर्युक्त ष्ष्ष्। उपर्यूक्त ष्ख। उपरयुक्त
इ. ष्। पर्तिव्यक्ति ष्ष्। प्रतिव्यती ष्ष्ष्। प्रतिव्यक्ति ष्ख। प्रतिव्याक्ति
ई. ष्। आयुष्मान् ष्ष्। आयूष्मान ष्ष्ष्। आयुस्मान ष्ख। आयुश्मान्
५. रेखाङ्कित शब्दहरूको शब्दवर्ग छुट्ट्याउनुहोस् :  [४]
संविधान निर्माण गर्ने गहन जिम्मेवारी पाए तापनि उनीहरू दलगत स्वार्थतिर लागेपछि बिचरा † जनताहरू अहिले साह्रै चिन्तित किन नबनून् त ?
६. क. निम्नलिखित उपसर्ग र प्रत्यय जोडी शब्दरचना गर्नुहोस् [२]
उपसर्ग : सम्, अति
प्रत्यय : अक्कड , ईय
ख. तल दिइएका शब्दहरूको समास वा विग्रह गर्नुहोस् : [२]
पुजाकोठा, चरिचुच्चे, जेठो भएर पनि बाठो, नदीले काटेको
७. कोष्ठकमा दिइएका घातु र सङ्केतका आघारमा खाली ठाउ“ भर्नुहोस् : [५]
क. ऊ बिहानै घुम्न …………….. । (जाः अभ्यस्त भूत)
ख. तिमीले विदेश जाने अवसर …………….. । (पाउः सामान्य भविष्यत्)
ग. बहिनीले मस“ग खेल्न ज्यादै मन …………….. । (पराउः इच्छार्थ)
घ. बाहिर झलमल्म घाम …………….. । (लाग्ः अपूर्ण वर्तमान)
ङ. हामी त कथा …………….. । (सुन्ः सम्भावनार्थ)
८. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : [५]
क. म त मारे पनि जान दिन्न“ । (बहुवचन)
ख. तिमी गीत गाउ“छ्यौ भने म नाचिदिन्छु । (संयुक्त वाक्य)
ग. बद्री र उद्धव नेपाली पढाउ“दै छन् । (कर्मवाच्य)
घ. शारदाले सधै“ निबन्ध लेख्न सिकाइन् । (अकरण)
ङ. ऊ हिजो त दिनभरि घुम्यो । (प्रेरणार्थक)
९. तल दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : [५]
बालबालिका शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुने हु“दा उनीहरूलाई विशेष स्याहार र सुविधाको आवश्यकता पर्दछ । उनीहरूलाई संरक्षण गर्नु, बा“च्नका लागि चाहिने आधारभूत कुराहरूको व्यवस्था गर्नु, शिक्षा प्रदान गर्नु, स्वास्थ्यसेवा पु¥याउनु, खेल, मनोरञ्जन र आराम गर्न दिनु, मायास्नेह दिनु, हेला, दुव्र्यवहार र शोषणबाट जोगाउनुपर्दछ । शान्ति, समझदारी र सुरक्षापूर्ण वातावरणमा असल शिक्षा हा“सिल गर्दै स्वस्थ भएर आफ्नो बाल्यकाल बिताउन पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । बालअधिकार भनेको बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनको विरुद्ध संरक्षण प्रदान गर्दै तिनको बालापनको सुनिश्चित गर्नु हो । बालबालिका स्वयम्ले आºनो अधिकार लिन नसक्ने हु“दा उनीहरूको अधिकार संरक्षण गर्नु वयस्कहरूको दायित्व हो । सङ्क्षेपमा भन्नुपर्दा बालअधिकार भनेको बालबालिकाहरूले बा“च्न पाउने अधिकार, संरक्षण पाउने अधिकार र आºनो बारेमा गरिने नीतिनिर्णय र सामाजिक गतिविधिमा सहभागी हुन पाउने अधिकारको समष्टिगत रूप हो । सोहीअनुसार बालअधिकारसम्बन्धी महासन्धि राज्यराज्यहरूबीचको एक सम्झौतापत्र पनि हो । संयुक्त राष्ट्रसङ्घका बीस सदस्य राष्ट्रहरूले राज्यपक्षको रूपमा अनुमोदन गरेपछि यो सन्धि सन् १९९० सेप्टेम्बर २ तारिखका दिनदेखि औपचारिक रूपमा लागू भएको हो ।
प्रश्नहरू
क. बालबालिकाका नैसर्गिक अधिकारहरू के के हुन् ?
ख. वयस्कहरूको दायित्व के हो ?
ग. बालअधिकार भनेको के हो ?
घ. बालअधिकारसम्बन्धी महासन्धि कसरी लागू भयो ?
ङ. ‘अवहेलना’ र ‘सम्झौतापत्र’ शब्दको अर्थ लेख्नुहोस् ।
१०. तलको गद्यांशबाट चारओटा बु“दा टिपी सारांश लेख्नुहोस् :  [२+३.५]
अपाङ्गहरू हाम्रै बन्धुबान्धव हुन् र यस देशका नागरिकहरू हुन् । उनीहरूमा पनि अरुमा जस्तै इच्छा, आकाङ्का, भावना वा चाहनाहरू हुन्छन् । हामीले उनीहरूलाई छिः छिः र दुरदुर गर्ने होइन † सम्मानित र मर्यादित जीवन बा“च्ने अवसर दिनुपर्छ । अपाङ्ग हुनेबित्तिकै उसका सोचाइ, कल्पनाशीलता र कार्यदक्षता पनि अपाङ्ग हुन्छन् भन्ने सोच्नु मूर्खताबाहेक केही हु“दैन । उपयुक्त अवसर प्राप्त भए उनीहरूले पनि उल्लेखनीय कार्य गर्न सक्तछन् । हेलेन केलर, जोन मिल्टनजस्ता व्यक्तित्वहरू अपाङ्ग भए पनि आºना बेजोड प्रतिभाले गर्दा संसारप्रसिद्ध छन् । नेपालका इतिहास शिरोमणि बाबुराम आचार्यले आ“खाको ज्योति गुमाएर पनि इतिहासको अध्ययन र लेखन कार्यमा आजीवन विश्राम लिएनन् । यस्ता उदाहरणहरू प्रशस्त दिन सकिन्छ । यसरी हेर्ने हो भने अपाङ्ग नागरिकहरूले पनि आफ्नो प्रतिभा, ज्ञान र सीपका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याउन सक्छन् भन्ने कुरामा दुई मत नहोला । यस परिप्रेक्ष्यलाई हृदयङ्गम गरी राष्ट्र र समाजले अपाङ्गहरूको व्यक्तित्व विकासका निम्ति उचित कार्यक्रमहरूको तर्जुमा गर्नु वाञ्छनीय ठहर्छ । सरकारी संयन्त्रहरूले राष्ट्रिय गतिविधिहरूमा अपाङ्गहरूको समस्यालाई दृष्टिगत गरी तदनुकूल योजनाहरूलाई प्राथमिकता दिई उनीहरूको प्रतिष्ठा उच्च बनाउन पहल गर्नुपर्दछ ।
११. तलका कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : [ ५ ]
क. तल दिइएका बु“दाहरूका आधारमा शीर्षकसहित छोटो जीवनी तयार पार्नुहोस्ः
नाम:  लेखनाथ पौडेल
जन्मस्थल : गण्डकी अञ्चल, कास्की जिल्ला, अर्घौअर्चले
जन्ममिति : वि.सं. १९४१ पौष २६ गते, पौष शुक्ल एकादशी
पिता : पं. दुर्गादत्त पौडेल
माता : बसुन्धरादेवी
  •  पारिवारिक संस्कारअनुसार स्तोत्रहरू, अमरकोश, चण्डी आदि पढेर विद्या आरम्भ
  • १५ वर्षको उमेरमा तीनधारा संस्कृत पाठशालामा भर्ना भई संस्कृत व्याकरणमा मध्यमासम्मको औपचारिक अध्ययन
  • वि.सं. १९५६ देखि संस्कृत र नेपालीमा समस्यापूर्ति कविता–लेखन आरम्भ
  • घरव्यवहारका सिलसिलामा मधेसमा रहनु, केही समय काम नपाई दुःख पाउनु
  • राममणि आदीको सहयोगले सदाशिव दीक्षितकहा“ ट्युसन गर्नु
  • भीमशमशेरका नातिहरूलाई पढाउ“दै जीविका चलाउनु र काव्यको साधना गर्नु
  • नेपाली साहित्यमा आधुनिक कालका आरम्भकर्ता
  • कविता–काव्यबाहेक नाटक क्षेत्रमा पनि प्रसिद्ध हुनु
  • २००८ सालमा राजात्रिभुवनबाट कविशिरोमणिको उपाधि पाउनु
  • २०११ सालमा उनको जन्मोत्सवको अवसरमा साहित्यकार र उच्च पदस्थ व्यक्तिहरूद्वारा उनको रथयात्रा र अभिनन्दन
  • २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्यता, २०१९ सालमा उनको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशित, मृत्युपश्चात् २०२६ सालमा त्रिभुवन पुरस्कारद्वारा सम्मानित
  • तरुणतपसी, ऋतुविचार, बुद्धिविनोद, सत्यकलि संवाद आदि कृतिहरूमार्फत् नेपाली साहित्यको परिष्कारवादी धाराका अगुवा बन्नु
  • २०२२ साल फागुन ७ गते महाशिवरात्रिका दिन देवघाटमा निधन
ख. तल दिइएका बु“दाहरूका आधारमा शीर्षकसहित छोटो कथा लेख्नुहोस्:
एउटा जङ्गलमा हात्ती र बा“दर स“गै मिलेर बस्नु र स“गै खानेकुरा खोज्नु ……….. एक दिन ‘को ठूलो’ भन्ने विषयमा झगडा पर्नु …….. लाटोकोसेरालाई झगडा छिनिदिन अनुरोध गर्नु ……. लाटोकोसेराले दुवैलाई खोलापारिबाट नरिवल टिपेर ल्याउन लगाउनु …….. खोलो तर्दा बा“दर हात्तीको पिठिउ“मा चढ्नु ……..खोलो तर्नु ….. नरिवलको रूख ज्यादै अग्लो हुनु ….. हात्तीले बा“दरलाई नरिवल टिपेर ल्याउन अह्राउनु ……… बा“दरलाई नरिवल बोक्न अप्ठेरो हुनु ……….. हात्तीले मुखमा च्याप्नु ………. लाटोकोसेराले नरिवल कसरी ल्यायौ भनी सोध्नु …….. दुवैले समान कार्य गरेकाले दुवै आ–आºना काममा ठूला छौ भनी लाटोकोसेराले बताउनु ……. पहिले जस्तै मिली जङ्गलमा बस्न थाल्नु ।
१२. घुमफिरमा लागेर पढाइ बिगार्ने साथीलाई पढाइकोे महŒव दर्साउ“दै एउटा चिठी लेख्नुहोस् । [५]
१३. तलका मध्ये कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [ ५ ] 
क. ‘विदेश गएर अरूको काम गर्नुभन्दा स्वदेशमै काम गर्नु बेस’ भन्ने शीर्षकको पक्षमा रहेर विपक्षीका तर्कहरूको खण्डन गर्दै वादविवाद तयार पार्नुहोस् ।
ख. जिल्लाव्यापी नृत्य प्रतियोगितामा आपूm सहभागी भई प्रथम भएपछि मनमा उब्जिएका कुरा उल्लेख गर्दै एउटा मनोवाद लेख्नुहोस् ।
१४. तलका कुनै एक शीर्षकमा २०० शब्दमा नघटाई निबन्ध लेख्नुहोस् :[१०]
क. मेरो सगरमाथा : मेरो गौरव
ख. एकता र देशविकास
ग. व्यक्तिŒव विकासका लागि खेलकुद
१५. तलका कुनै एकको सप्रसङ्ग व्याख्या गर्नुहोस् : [५]
क. आई कैल्यै पनि नसकिने चैतवैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।
ख. देश र जनताको कल्याणमा लाग्ने मानिस सानोतिनो प्रलोभन र धम्कीमा परेर कहा“ आºनो स्वाभिमान गुमाउन चाहन्छ र †
१६. तलका कुनै दुई प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस् : [१०]
क. ‘घरको माया’ एकाङ्कीमा बतासेले कस्तो देशभक्तिको भावना देखाएकी छिन् ?
ख. मिथिला चित्रकलाले मौलिक पहिचान राख्नाका कारणहरू केके हुन् ?
ग. ‘प्रश्नोत्तर’ कवितामा विद्याको महŒवलाई कसरी प्रस्तुत गरिएको छ ?
१७. यदि तपाईं न्यायको पक्ष कथाको विदुर हुनुभएको भए केकस्तो भूमिका निर्वाह गर्नुहुन्थ्यो ? तर्क दिनुहोस् । [५]
१८. तलका मध्ये कुनै एक प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस् : [१०]
क. ‘वर्तमान युगका लागि यन्त्रमानवको आविष्कार वरदान सावित भएको छ’ भन्ने कुरालाई पाठका आधारमा पुष्टि गर्नुहोस् ।
ख. दक्षिण अफ्रिका र त्यहा“का जनताको मुक्तिका लागि नेल्सन मन्डेलाले केकस्ता योगदान पु¥याए ? पाठका आधारमा लेख्नुहोस् ।

0 comments:

Post a Comment